इन्सेकको पहल पछि पार्वता नागरिता पाउन सफल
धुर्कोट गाउँपालिका–४ जैसीथोक पिपलनेटाकी ३३ वर्षीया पार्वता पन्थीले इन्सेकको पहलमा जिल्ला प्रशाससन कार्यालय गुल्मीबाट कात्तिक २४ गते नागरिकता पाउनु भएको छ ।
इन्सेकको पहलमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, अधिकारकर्मी गणेश विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्याल लगायत साँक्षी बसेर नागरिकता दिलाइएको हो ।
इन्सेक अनलाइनमा ०७७ साउन १३ गते ‘नागरिकता र जन्मदर्ता नहुँदा आमा छोराको बिचल्ली अदालतको आदेश समेत कार्यान्वयन भएन’ शिर्षकको समाचार प्रकाशित भएको थियो । भने उहाँले ०७७ साउन ८ गते न्यायमा पहल गर्न इन्सेक गुल्मीलाई निवेदन समेत दिनु भएको थियो ।
विपन्न दलित परीवारकी पार्वता पार्वता र स्थानीय ममराज पन्थीबिचको सम्बन्धबाट ०६१ वैशाख १ गते बच्चा जन्मियो । पार्वतालाई नअपनाएर ममराज फरार भए । लामो समयसम्म नफर्केपछि पार्वताले जिल्ला अदालतामा ०७३ वैशाख ९ गते अंशवण्डा र माना चामल मुद्दा दर्ता गर्नुभयो ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासेनीले ०७३ मङ्सिर १२ गते पार्वता ममराजकै पत्नी र उनीहरुकै छोरा सरोज भएको फैसला गर्दै ममराजबाट मासिक ३ हजार रुपियाँ खर्च भराउने फैसला गर्यो । ममराजले कुनै वास्था गरेनन् । जसका कारण अदालतले ममराज पन्थीबाट पार्वतालाई अंशवण्डाको अधिकारसहित खाना खर्च बापत एक रोपनी जग्गा उपलब्ध गराउने फैसला समेत ग¥यो । तर नागरिकता नभएका कारण लालपुर्जा नहुँदा भोग चलन गर्ने अवस्था भएन ।
पार्वताले जिल्ला अदालतबाट मुद्दा जितेपनि पति वा घर परिवारका कोही साँक्षी बस्न नमानेपछि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएन । नागरिकता नभएकाले १६ वर्षीय छोराको जन्मदर्ता समेत भएन ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अदालतको प्रमाण र स्थानीय सरकार प्रमुख र अधिकारकर्मीहरू साँक्षी बसेर पीडितलाई नागरिकता प्रदान गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो ।
यसैगरी धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले अदालतले फैसला गरेर न्याय दिएको सन्दर्भमा आफन्त घरपरिवार साँक्षी बस्न नमानेपछि जनप्रतिनिधीको हैसियतले आफु अगाडि आएको बताउनु भयो । दलित अधिकारकर्मी गणेश विश्वकर्माले ०७३ सालदेखिको ठुलो प्रयास आज सफल भएकोमा सहयोग गर्ने इन्सेक जिल्ला प्रतिनिधिसहित सबैलाई धन्यवाद दिनुभयो ।
नागरिकता पाएपछि पार्वताले अदालतको फैसलाको कागज चार वर्ष डुलाउँदा डुलाउँदै च्यातिने बेलामा नागरिकता पाएको प्रतिक्रिया दिनुभयो । उहाँले आफुसँग बच्चाको भविष्यका लागि नागरिकता दिलाउन पहल गर्ने सबै संस्था र व्यक्तिहरूप्रति आभार प्रकट गर्नुभयो ।
इन्सेक प्रतिनिधि टोपलाल अर्यालले पार्वतालाई पीडित सहयोग कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत नगद १० हजार रुपियाँ सहयोग प्रदान गरेका छन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…