इन्सेकको पहलमा सातजना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाए

  ०७४ असार ९ गते

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको पहलमा अपाङ्गता भएका सात जनाले असार ८ गते अपाङ्गताको परिचय पत्र पाएका छन् ।

Photo20170623Kaski

इन्सेकको सहजीकरणमा अन्नपुर्ण गाउँपालिका-६ र ७ लुम्लेका सात जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् ।

इन्सेकको पहलमा रातो परिचय पत्र पाउनेमा ३२ वर्षीया सिता बिक, ६६ वर्षीया खगेश्वरी देवकोटा, २२ वर्षीय नवराज बिक, ३० वर्षीय जसबहादुर पुन, १३ वर्षीय दिलबहादुर कामी रहेका छन् ।

यसैगरी निलो परिचयपत्र पाउनेमा ५३ वर्षीय रामबहादुर क्षेत्री र पहेँलो परिचयपत्र पाउनेमा ५८ वर्षीय इन्द्रलाल सार्की रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाई महिला तथा बालबालिका कार्यालय, कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले परिचय पत्र वितरण गरेकी थिइन् ।


संगीता भाट