इन्सेकको पहलमा राहत सामग्री उपलब्ध

  ०७७ वैशाख ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको पहलमा चौतारा सागाँचोकगढी नगरपालिका–५ मा रहेको महिला पुनःस्थापना केन्द्रमा ०७७ वैशाख ६ गते राहत सामाग्री उपलब्ध भएको छ ।

कोराना भाइरसको महामारीपछि सरकारले लकडाउन घोषणा गरेपछि पुनःस्थापना केन्द्रमा राखिएका १० जना महिलाहरूले आफूहरूलाई खाद्यान्नको समस्या भएको बारे इन्सेक प्रतिनिधिसँग गुनासो गरेपछि राहत सामाग्री उपलब्ध गराउन पहल गरिएको हो ।

मानव बेचविखनबाट प्रभावित व्यक्तिहरू राखिने सो महिला पुनःस्थापना केन्द्रमा रहेका १० जनालाई शक्ति समूह र चौतारा सागाँचोकगढी नगरपालिका–५ ले संयुक्त रूपमा खाद्यान्न राहत उपलब्ध गराएका हुन् । उपलब्ध गराएका खाद्य सामाग्रीहरूमा चामल २० बोरा, तेल १० बाकस, दाल ३० के.जी, चिनि, चना, भुजा, चिउरा, बिस्कुट, तोरीको तेल, अण्डालगायतका सामग्री रहेको चौतरा सागाँचोकगढी नगरपालिका–५ का अध्यक्ष नरमान श्रेष्ठले बताउनु भयो ।


नातिबावु धिताल