इन्सेकको पहलमा राहत वितरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा चौतरा सागाचोकगढी नगरपालिका–७ का असङ्गठित सडक मजदुर अति विपन्न परिवारका ज्याला मजदुरी गर्ने ३२ जनालाई वैशाख १ गते राहत वितरण गरिएको छ ।
कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि सडक निर्माणमा सङ्लग्न मजदुरहरू भोकै परेका कारण उनीहरू बसेको गोठमा इन्सेक प्रतिनिधि गई अवस्था विश्लेषण गरेपछि उनीहरूलाई खाद्यान्न सहयोग गरिएको वडा अध्यक्ष उमाप्रसाद दुलालले बताउनु भयो । नेपालको विभिन्न जिल्लामा घरभई चौतारा–सिपाघाट मोटरबाटोमा मजदुरी गर्दै आएका मजदुरलाई खाद्यान्न वितरण गरिएको हो ।
सडकमा मजदुरी गर्ने ती मजदुरहरूलाई प्रतिव्यक्ति चामल ३० केजी, दाल तीन केजी, नुन दुइ पाकेट, तेल दुइ लिटर, सावुन चार वटा र चिनि दुइ केजीका दरले वितरण गरिएको छ ।
नातिबाबु धिताल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…