इन्सेकको पहलमा पीडितले नागरिकता पाइन्

  ०७६ चैत ७ गते

दुहुँ गाउँपालिका – ५ की ३० वर्षीया सीता कार्कीले विवाह गरेको १२ वर्षपछि इन्सेकको पहलमा चैत ६ गते नागरिकता पाउनु भएको छ ।
एक छोरा र एक छोरीकी आमा कार्कीका पति नरेन्द्रसिंह कार्कीले विवाह भएदेखि नै विवाह दर्ता नगरि दिएको,नागरिकता बनाउन आनाकानी गरेको र आफूमाथि अपहेलना गर्दै आएको भन्दै न्यायका लागि पहल गरी दिन पीडित महिलाले चैत २ गते इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्र्कीलाई  निवेदन दिनु भएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि र पीडित महिला चैत ३ गते  महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र , दार्चुलामा पुगेर पीडित महिलाका पति कार्कीका विरूद्व उजुरी दिइएको थियो ।
उजुरीका आधारमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले चैत ४ गते दुवै पक्षलाई बोलाई छालफल गर्दा पीडित महिलाका पति कार्कीले नागरिकता बनाउन ढिलाइ भएको स्विकार गर्दै तत्काल नागरिकता बनाउन पूण सहयोग गर्ने र उपरान्त कुनै प्रकारको अपहेलना नगर्ने लिखित कागत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गत सेवा केन्द्रमा गरेको  लिखित सहमति र प्रतिवद्वता अनुसार नै पीडित महिलाका पतिले  चैत ५ गते विवाह दर्ता र नागरिकताको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा आएपछि पीडित महिलाले चैत ६ गते नागरिकताको प्रमाण पत्र पाउनु भएको हो ।
आफूलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला प्राशासन कार्यालयमा पु¥याइ न्यायका लागि पहल गरेको भन्दै पीडित महिलाले इन्सेकलाई  धन्यवाद दिनु भएको  छ  ।
उहाँले भन्नु भयो – ‘अबको मेरो लडाइ भनेको अंशका लागि हुनेछ । यसमा पनि इन्सेकले सहयोग गर्ने पूर्ण आशा लिएकी छु ।’
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा उहाँका पतिले छोराछोरी पालनपोषण र अंश दिने समेत सहमति गरेको जिल्ला प्रहरी कार्यालय,दार्चुलाका  इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले  बताउनु भयो ।
पीडित महिलाका पति कार्कीले गालीगलौज र घर छोडन धम्की दिएपछि एक महिनादेखि सदरमुकाम खलंगामा कोठा भाडामा लिएर बस्दै आउनु भएकी पीडित महिला प्रहरीमा भएको छलफलपछि हाल आफ्नै घरमा बस्न थालेकी छन् ।


नरेन्द्रसिह कार्की