इन्सेकको पहलमा पीडितलाई नागरिकता उपलव्ध
सिमकोट गाउँपालिका-६ की ५० वर्षीया बाँचु सुनारले इन्सेक प्रतिनिधि नन्द सिंहको पहलमा साउन २१ गते नागरिकता पाएकी छन् ।
०७५ साउन २० गते इन्सेक प्रतिनिधिलाई सुनारले नागरिकता नपाएको भन्दै लिखित निवेदन दिएकी थिइन् । सुनार ५० वर्षभइसक्दा पनि नागरिकता नपाएपछि विभिन्न सरकारी सेवाबाट पनि वञ्चित भएकी थिइन् ।
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएपछि अघिल्लो पतिको मृत्यु दर्ता र विवाह दर्ताको प्रमाण खोज्दै झारो टार्ने काम गरेको भन्दै नागरिकता नबनेको पीडित सुनारले गुनासो गरिन् । उनका अनुसार आफ्नो पतिको २९ वर्षकै उमेरमा मृत्यु भएकाले समयमै विवाह र नागरिकताको प्रमाण पत्र नबनाएकोले यसरी पीडित भएको गुनासो गरिन् ।
इन्सेक प्रतिनिधिलाई साउन २० गते नागरिकता बनाउन सहयोगको माग गर्दै अनुरोध गरेपछि सोही दिन इन्सेक प्रतिनिधि नन्द सिंहले सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलसँग मौखिक अनुरोध गरेका थिए । सहायक प्रजिअ पोखरेलका अनुसार पीडित सुनारको प्रमाणित गर्ने कुनै पनि प्रमाण नभएकाले नागरिकता बनाउन नसकेको भनेर बताए ।
पीडित सुनारको जन्मस्थान खार्पुनाथ गाउँपालिका-३ को राया गाउँमा भएको थियो भने पहिलो विवाह पनि सोही गाउँपालिका-१ मा भएको थियो ।
एकै गाउँपालिका भएकाले पतिको मृत्यु दर्ताको प्रमाण पनि सोही गाउँपालिकाबाट गर्नु पर्ने प्रजिअ पोखरेलले बताए ।
तर, उनले दोस्रो विवाह सिमकोट गाउँपालिका-६ मा भएकाले नागरिकता पाउनु पर्ने पीडितले माग गरेकी थिइन् । सुनारले गरेको अनुरोधपछि खार्पुनाथ गाउँपालिकालाई बाँचु सुनारका पहिलो पतिको मृत्यु दर्ताको प्रमाण बनाइ दिनका लागि इन्सेक प्रतिनिधिले अनुरोध गरे लगतै साउन २१ गते सुनारको नागरिकता बन्न सफल भएको हो ।
सोही नागरिकताका लागि सहायक प्रमुख जिल्ला अधिकारीसँग पनि मौखिक अनुरोध गरेपछि पीडितले नागरिकता पाएकी हुन् । पीडित सुनारले अबदेखि सरकारी सेवा पनि पाउने भएकाले इन्सेक प्रतिनिधिलाई धन्यबाद समेत दिएकी छन् ।
इन्सेक कार्यालय, प्रदेश ५
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…