क्वारेण्टाइनमा बसेकाहरूको समस्या इन्सेकको पहलमा समाधान

  ०७७ वैशाख २६ गते

गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविमा रहेको क्वारेण्टाइनमा बसेकाहरूको समस्या इन्सेकको पहलमा समाधान गरिएको छ ।

क्वारेण्टाइनमा  किरा मिसिएको चामलको भात खुवाएको , दुई दिन देखि चिया नास्ता नदिएको ,साबुन उपलब्ध नगराएको भन्दै क्वारेण्टाइनमा बसेका व्यक्तिले वैशाख २५ गते फोन मार्फत इन्सेकलाई गुनासो गरेका थिए ।

इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरी  र पत्रकार मुकुन्द सुवेदीले उक्त क्वारेण्टाइनको स्थलगत अनुमन गर्दा गुनासो वास्तविक रहेको भेटेका थिए ।

घटनाका सम्बन्धमा गुलरिया नपा–१० का वडाध्यक्ष बिरेन्दकुमार थारूले गल्ती भएको स्वीकार गरेका थिए । वडा अध्यक्षसँगको छलफल पछि वैशाख २५ गतेदेखि चिया नास्ता, साबुन र उपभोग गर्न योग्य चामलको व्यवस्था गरिएको छ ।

वडा अध्यक्ष थारूले बजारमा चिनी, चियापत्ती नपाएको र चामल उपलब्ध गराउने मिलले बद्मासी गरेकाका कारण समस्या आएको बताउदै चामल उपलब्ध गराउने मिललाई कारवाहीको दायरामा ल्याउन  सम्बन्धीत निकायमा जानकारी गराएको  बताउनु भयो ।

उक्त क्वारेण्टाइनमा  १८ जना रहेका छन् । जसमा १६ जना भारतीय र दुई जना नेपाली रहेका छन् ।

2020050802bardiya

 


मानबहादुर चौधरी