इन्सेकको पहलमा कारागारमा खेलकुद सामाग्री वितरण

  ०७६ माघ २७ गते

इन्सेकको पहलमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री वितरण गरिएको छ ।

खेलकुद सामाग्रीको अभावमा समय विताउन नपाएका जिल्ला कारागार डोल्पा दुनैका कैदीबन्दी खेलकुद सामाग्री पाएपछि खुसी भएका छन् ।

काइके गाउँपालिका–७ का वडाअध्यक्ष रामचन्द्र रोकायाले भलिबल दुई थान, भलिबल जाली दुई थान, चेस चार थान, व्याडमिन्टन दुई थान फुटवल एक थान र शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।

इन्सेकले पुस १ गते जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना समेटिएको वार्षिक पूर्व समीक्षा कार्यक्रममा कारागारका कैदीबन्दीहरूले पटक पटक खेलकुद र मनोरन्जनका सामाग्री माग गरेपनि सुनुवाई नभएको गुनासोसहितको प्रतिवेदन सार्वजनिक गर्दा सहभागि वडाअध्यक्ष रोकायले खेलकुद सामाग्री उपलब्ध गराउने मौखिक प्रतिबद्धता गर्नु भएको थियो ।
खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष रोकायाले इन्सेकले जस्तै अन्य संचारकर्मीले पनि बेला बेलामा कारागारको र कैदीबन्दीहरूको अवस्थाका बारेमा सूचना प्रवाह गर्नुपर्ने सुझाव दिनु भयो ।

कैदी थुनुवाका नाइके विश्वास पुनले खेलकुद र मनोरन्जनको सामाग्री नहुँदा समस्या भएकोमा अध्यक्षले उपलब्ध गराएको खेलकुद सामाग्रीले आफूहरूलाई ठूलो सहयोग पुग्ने बताउनु भयो ।
कारागार प्रमुख दिनेश राउतले वडाअध्यक्षको सानो सहयोगले पनि ठुलो अर्थ राख्ने बताउँदै खेलकुद सामाग्रीको अभावमा छटपटिरहेका कैदीबन्दीलाई समय विताउन सहयोग हुने उहाँको भनाई थियो ।
हाल जिल्ला कारागारको क्षमता २५ जनाको भएकोमा २० जना कैदी र १३ थुनुवा गरि ३३ जना कैदीबन्दी रहेका छन् ।

bitaran ramcr khelkud ram


विष्णु प्रसाद देवकोटा