इजालस कक्ष नहुँदा न्याय सम्पादन प्रभावित
लमजुङ जिल्लाको पालिकाहरुमा भएको न्याय समितिको आफ्नो इजालस कक्ष नहुँदा न्याय सम्पादनमा असर परेको न्याय समितिका संयोजकहरुको गुनासो छ ।
जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपलिका गरि जम्मा आठ ओटा पालिकाहरु मध्ये कुनैमा पनि आफ्नो इजालस कक्ष छैन ।
बेसीशहर नगरपालिका स्थित न्याय समितिका संयोजक लक्ष्मी अधिकारीका अनुसार भवन अभावको कारण न्याय समितिको काममा प्रभावित भएको बताउनुभयो । एउटा कोठामा सेवाग्राही र उजुरी कर्ता दुवै पक्षको भिडभाड हुने भएकोले पनि समयमा उजुरी कर्ताहरुको काम गर्न नसकिएको बताउनुभयो ।
काम छिटो नहुँदा सेवाग्राहीहरुले गुनासो गर्ने अधिकारीको भनाइ छ । राइनास नगरपालिकाकि न्याय समिति संयोजक धनकुमारी गुरुङका अनुसार इजालस कक्ष नहुँदा काम समयमानै गर्न नसकिएको बताउनुभयो ।
यस्तो समस्या जिल्लाको सबै पालिकाहरुमा भएको जिल्ला समन्वय समितिका अध्यक्ष लोकराज पाण्डेले बताउनुभयो । जिल्लामा रहेका आठ ओटा पालिकाहरुमा आर्थिक वर्ष ०७६/०७७ मा २ सय ८० ओटा उजुरीमा १ सय ३ ओटा मुद्दाको मात्र फैसला भएको जिल्लाको न्याय समितिको तथ्याङकमा उल्लेख छ । प्रतिशतको अनुपातमा ३६.७८ प्रतिशत मात्र फैसला भएको पाइएको छ ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल सँग यस विषयका कुरा गर्दा उहाँले न्याय समितिका लागि इजालस कक्ष तत्काल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बन्धित न्याय समितिको संयोजकले पालिकाका प्रमुख र अध्यक्षसँग इजालस कक्ष निर्माणको लागि अनुरोध गरिएको बताउनुभएको छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…