इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक जना आरोपित गिरफ्तार
१३ वर्षअघि इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा राजपुर नपा–४ राजपुरका ४६ वर्षीय महताव आलमलाई प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।
उक्त घटनाका मुख्य योजनाकार रहेका भनिएका महतावलाई प्रहरीले नेपाल भारत सीमामा रहेको बौधिमाई नपा–७ बङ्कुलबाट मङ्सिर २२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर सुशिलकुमार पाण्डेले बताउनु भयो ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ गते राति राजपुर नपा–४ फरदवा गाउँमा नेपाली कांग्रेसका नेता शेष इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो ।
सो घटनामा कांग्रेसका नेता तथा पूर्व सांसद आफताव आलमको संलग्नता रहेको र बम विष्फोटमा परेर घाइते परेका २३ जनालाई आलमले इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा किटानी उजुरी परेको थियो ।
उक्त विष्फोटनमा परेर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो ।
घटना लगत्तै मृतक त्रिलोकप्रताप सिंहका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलमसहित महताव आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी उजुरी दिनु भएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले ०६५ असार ३० गते अनुसन्धान प्रतिवेदन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।
तर, ०६९ जेठ १४ गते तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानविन गरेर मुद्दा चलाउने आधार हुँदाहुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो ।
सोही घटनाको आरोपमा आफताव आलमलाई प्रहरीले ०७६ असोज २६ गते गिरफ्तार गरेकोमा हाल पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ । महताव कांग्रेस नेता तथा पूर्व सांसद आलमका भाइ रहेको इन्स्पेक्टर पाण्डेले बताउनु भयो ।
संविधान सभाको निर्वाचनलाई लक्षित गरी आलमले आफ्ना काका शेष इद्रिसको घरमा चैत २७ गते बम बनाउन लागएको प्रहरीको भनाई छ । बम विस्फोटमा परी घाइते भएकाहरूलाई ट्रयाक्टरबाट इँटा भट्टाको चिम्नीमा लगेर जलाएको आरोप छ ।
उक्त घटनाका सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०७५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…