इँटा भट्टाका मजदुरलाई खाद्यन्नको समस्या
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनपछि धादिङका इँटा उद्योगमा काम गर्ने मजदुरहरू खाद्यन्न सकिदा समस्यामा परेका छन् ।
उद्योग बन्द भएपछि उद्योग सञ्चालकहरू सुरक्षित ठाउँमा गए । मजदुरहरू दिनदिनै काम गर्ने र एक सातामा रकम लिएर खाद्यान्नको जोहो गर्दै आएका थिए । एक सातादेखि उद्योग बन्द भएको र खाद्यान्न पसल समेत खुला नभएपछि मजदुर र उनीहरूका बालबालिका भोकभोकै परेको सामाजिक अभियन्ता बिपना प्याकुरेलले बताउनु भयो ।
‘भट्टा सञ्चालकले दिएको ज्यालाबाट सामान किन्ने गरिएको थियो, अहिले अलपत्र परियो’ एभरेष्ट इँटा उद्योगका मजदुर परशुराम परियारले भन्नुभयो ।
तीन बच्चासँगै पाँचजनाको परिवार इँटा बोकेर पालिरहेको अहिले समस्यामा परेको उहाँले बताउनु भयो । ‘काम गरेको दिनमामात्रै चुलो बोल्थ्यो, अब भोकै बस्नुको विकल्प छैन’ जालपादेवी इँटा उद्योगका मजदुर रोल्पा जिल्लाकी दिलमाया बुढाले दुखेसो गर्नुभयो । लकडाउने कारण घर फर्कन पनि समस्या भएको र यहाँ आफूहरूलाई भोकै बस्न परेको उहाँले बताउनु भयो ।
जिल्लामा धुनिबेसि, नीलकण्ठ नगरपालिका, गजुरी, सिद्धलेक र थार्के गाउँपालिकामा गरि ४२ ओटा इँटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । यी इँटा उद्योगहरूमा धादिङ जिल्लालगायत रुकुम, रोल्पा, दाङ, रौतहट, सर्लाही, सिन्धुलि जिल्ला र भारतबाट समेत गरि ६ हजारभन्दा बढी मजदुर कार्यरत छन् । धुनीबेसी र थाक्रेमा मात्र एक हजारको संख्यामा बालबालिका रहेको इँटा उत्पादक सङ्घका अध्यक्ष निराजन रेग्मीले जानकारी दिनुभयो ।
मजदुर र उनीहरुको परिवारको अवस्था नाजुक हो भने आफूहरूले तत्काल केही राहतको प्रबन्ध गर्ने धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भयो । धुनीबेसी र थाक्रेमा मात्र १ हजारको सङ्ख्यामा बालबालिका रहेको इँटा उत्पादक सङ्घका अध्यक्ष निराजन रेग्मीले जानकारी दिनुभयो ।
सिताराम अधिकारी
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…