आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला

  ०७३ भदौ २६ गते

आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले भदौ २६ गते पीडित बालिकालाई करणी गर्ने मनसाय राखेको भन्दै मुलुकी ऐनको आशय करणीको एक नम्बर बमोजिम कसुर ठहर गरी उक्त कैद, जरिबाना र पीडितका नाममा १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई ०७२ भदौ १९ गते लकान्द्रीले आशय करणी गरेको भन्दै गाउँलेले जिल्ला अदालतमा ०७२ असोज १४ गते मुद्दा दर्ता गराएका थिए ।


कोकिला ढकाल