आर्थिक अभावका कारण सुत्केरी महिला उपचारबाट वञ्चित
बढैयाताल गाउँपालिका– २ सीतापुरकी सुत्केरी महिला १८ वर्षीया नैसरा शाही आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनु भएको छ ।
एक महिनाको सुत्केरी शाही सुत्केरी हुँदा कुनै समस्या नभएपनि ०७७ चैत ७ गते घरमै रहेको अवस्थामा काम गर्दै गर्दा बेहोस भएर ढलेपछि आर्थिक अभावका कारण उपचार गर्न जान सक्नु भएको छैन ।
इन्सेकद्वाारा गठित मानव अधिकार निगरानी समूहका सदस्य किशन सुनारको अगुवाईमा स्थानीइले चैत ८ गते उपचारको लागि चन्दा सङ्कलन गरेर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराएको भएपनि सुधार हुन सकेको छैन ।
उहाँको शरीरको दायाँ भागको कम्मर भन्दा तल चलाउन नमिल्ने अवस्थामा थलिएर बस्न पर्ने अवस्था छ । एक महिनाको बच्चालाई दुध खुवाउन र दिसा पिसाव गर्न पनि अरूकै साहारा लिनुपर्ने अवस्था रहेको छ ।
आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पतालमा थप उपचार गर्न जान सक्ने अवस्था उहाँको छैन ।
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका– ५ बाट चार महिना अघि सहज जीवन बिताउने आशा लिएर उहाँको ६ जनाको परिवार बढैयाताल गाउपालिका– २ सीतापुरमा अरुकै खाली रहेको घरमा बस्दै आउनु भएको छ । उहाँका पति २० वर्षीय भगत शाही बैदेशिक रोजगारीका लागि भारतमा रहेका छन् ।
सुत्केरी भएपछि बिरामी भएर थलिनु भएकी नैसरालाई साँझ बिहान खानलाई अन्नको पनि अभाव रहेको छ । सुत्केरी भएपछि खान पर्ने पोषण र स्याहार बाटपनि वञ्चित हुनु भएको छ ।
गाउँलेहरूले माना चामल उठाएर खानाको व्यवस्था गरेपनि पोषणयूक्त खाना र उपचार गराउन नपाउँदा आफु र बच्चाको भविष्य प्रति नैसराले चिन्ता व्यक्त गर्नु भयो ।
नेपालको संविधानमा मौलिक हकको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ भने ार ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको भएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले अति गरिब असहाय व्यक्तिको उपचारका लागि उपचारको लागि सहयोग गर्न छुट्टै कोष नभएको तर केही समयको लागि खाद्यन्न र नेपालगञ्जसम्म जान आउनका खर्चको व्यवस्था गर्न सकिने बताउनु भयो ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…