बलात्कार घटनाका आराेपितलाई १८ वर्ष कैद सजाय

  ०७६ माघ २७ गते

आश्रममा झारफुक गर्न आएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई १८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको माघ २३ गतेको इजलासले मनहरी गाउँपालिका–९ का ४३ वर्षीय सर्वज्ञ आचार्यलाई १८ वर्ष कैद फैुसला सुनाएको स्रेस्तेदार केशवराज कौशीकले बताउनु भयो ।

शारिरीक रूपमा अशक्त पीडितलाई आरोपितले २०७६ वैशाख १९ गते झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण वैशाख २० गते नै हेटौंडा अस्पतालमा भयो । जिल्ला अदालतको जेठ १५ गतेको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि भिमफेदी कारागार पठाएकोे थियो ।


पुष्पराज अधिकारी