आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्याउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ ।
तराई मधेसमा भएका आन्दोलनको अनुगमनका क्रममा २०७२ मङ्सिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको, २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका क्रमशः बा.७ च. ७४७३ र बा.७ च. ७४७९ नम्बरका सवारी साधनमाथि सप्तरी जिल्लामा भएका तोडफोडका घटनाले आयोगलाई थप स्तब्ध बनाएको फागुन २६ गते जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुद्वारा तोडफोड र आगजनी जस्ता घटना नदोहोरिने र आयोगले निर्वाध रूपमा अनुगमन गरिदिन भनी आयोगमा उपस्थित भई गरेको प्रतिबद्धता विपरीत यस्ता घटनाको पुनरावृत्तिले आयोगको स्वतन्त्र रूपमा अनुगमन गर्ने कार्यमा गम्भीर अवरोध सिर्जना गरेको विज्ञप्तिमा जनाइएको छ ।
'आयोगको अनुगमन टोलीमाथि आक्रमण गरी सवारी साधनसमेत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, यस प्रकारका हिंसात्मक गतिविधिले कहिल्यै पनि कसैको अधिकार संरक्षण नगर्ने हुँदा त्यस्ता कार्यहरू तत्काल बन्द गरी घटनाको छानबिनमा आवश्यक सहयोग पुर्याउन आयोग सम्बद्घ सबै पक्षहरूलाई आग्रह गर्दछ ।'-आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको पूर्वी चम्पारण घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ १० गते छपकैयाबाट…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…