आयोगको आव्हृान-'गङ्गामायाको जीवन रक्षा गर'

  ०७५ जेठ २१ गते

गोरखा फुजेल कृष्णप्रसाद अधिकारीको हत्याको छानविन र दोषी उपर कानुनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारी पछिल्लो पटक जेठ १५ गतेदेखि पुनः आमरण अनसनमा बसेकाले स्वास्थ्य अवस्था गम्भीर बनेको हुँदा जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

'पटकपटकको अनसनका कारण निजको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगले आज पुनः अनुगमन गरेको छ ।'-आयोगद्वारा जेठ २१ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले नेपाल सरकार र सम्बन्धित निकाय समेतलाई पटकपटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु, न्याय छिटो, छरितो र सर्वसुलभ हुनुपर्ने मूल्य र मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रहरूप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने र मानव अधिकारको संरक्षण र सम्मान समेत नहुने भएकाले गङ्गामायाको स्वास्थ्य अवस्थाप्रति सम्वेदनशील भई उनको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न आव्हृान गरेको छ ।


अनलाइन डेस्क