आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

  ०७४ फागुन ११ गते

लक्ष्मीपुर पतारी गाउँपालिका-४ की ४५ वर्षीया ज्ञानदेवी दासको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा राम दास तत्मालाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले फागुन ९ गते घरायसी विवादका कारण आमा र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गराइएको भए पनि उपचारको क्रममा फागुन १० गते आमाको मृत्यू भएको र बहिनीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले बताए । शवको पोष्टमार्टम विराटनगरमा गर्ने तयारी भइरहेको बताए ।


दुर्गा परियार