आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)

  ०७७ माघ २२ गते

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशमा परेको छ । निर्वाचनका बेला दलहरूले घोषणपत्रमा विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेपनि शिक्षण संस्था बन्द गरेर गरिएका आम हड्ताल जस्ता गतिविधिले नेपाललको संविधानको मौलिक हकको धारा ३१ को शिक्षासम्बन्धी हक र बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरीत शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पठनपाठन गर्न पाउने अधिकारको उल्लङ्घन भएको अधिकारकर्मीहरूको आरोप छ ।

इन्सेक कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिक टायर जलाएर प्रदर्शन गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपा–१ का ३२ वर्षीय दिपक पाण्डे र २६ वर्षीय हरिशचन्द्र खनाललाई गिरफ्तार गरेको छ । गिरफ्तार गरेको दुई घण्टापछि दुवै जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज