आमरन अनसनमा बसेका विद्यार्थीहरूको अवस्था गम्भीर, उपचारका लागि अस्पताल भर्ना
सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरूको स्वस्थ्य अवस्था गम्भीर बनेको छ ।
आमरण अनशनमा बसेका २३ वर्षीय रोशन बस्नेतको स्वास्थ्यमा समस्या देखिएपछि देउती नर्सिङ्ग होममा उपचार सुरू गरिएको छ ।
२२ वर्षीय रत्न शर्मा र २५ वर्षीय मिलन विसी भने इञ्जिनियरिङ्ग संकायको मुल गेटमा अनसनमा नै बसिरहेका छन् । इञ्जिनियरिङ्ग संकायलाई पूर्णरूपमा स्वायत्त बनाउनुपर्ने, हाइड्रो इञ्जिनियरिङ्गको पूर्ण 'सिलेवश' बनाउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गर्नुपर्ने, सम्पुर्ण प्रयोगात्मक परीक्षाहरू पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग अनशनरत विद्यार्थीको छ ।
यस्तै १० प्रतिशत पूर्ण छात्रावृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तकहरू र पुस्तकालयमा कर्मचारी उपलब्ध गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकहरूको पदपुर्ति गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
आन्दोलनको १५ औँ दिनसम्म पनि विश्वविद्यालयका पदाधिकारीहरूले माग पूरा गर्नेतर्फचासो नदेखाएपछि आमरण अनशनमा बस्न बाध्य हुनुपरेको देउती नर्सिङ्ग होममा उपचार गराइहेका विद्यार्थी रोशन बस्नेतले बताए । यसबारेमा मध्य पश्चिमाञ्चल विश्वविद्यालय प्रशासनले भने हालसम्म चासो देखाएको छैन ।
'यो विश्वविद्यालय कसैको पेवा नभै विद्यार्थीहरूको भविष्य कोर्ने थलो हो ।'-बस्नेतले भने-'आफ्ना माग पूरा नभएसम्म आमरण अनसन तोडदैनौँ ।'
यसअघि यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्ना माग पुरा गराउन विरोध स्वरूप रिले अनशन, जुलुश, कोण सभा, धर्ना तथा सडकमा डेस्कबेञ्च बस्ने जस्ता आन्दोलनका कार्यक्रम गरिसकेका छन् ।
यसैबीच असार २२ गते उच्च बार एशोसियसन, जिल्ला बार, मानव अधिकार सङ्गठन र इन्सेक सुर्खेतले एक प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनमा बसेका विद्यार्थीहरूको स्वास्थ्य स्थिति नाजुक बन्दै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमार्फत शैक्षिक माग राखी आमरण अनशनमा बसेका विद्यार्थीहरूको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै आएको प्रति मध्य पश्चिमाञ्चल विश्वविद्यालय प्रशासन गम्भीर भई यसबाट आउन सक्ने दुखद् परिणामलाई रोक्न यथाशीघ्र संवादको माध्यमबाट समस्या समाधान गरी उनीहरूको जीवन रक्षाको लागि संवेदनशील बन्न सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…