आमरण अनसनरत तिवारीको जीवन रक्षा गर-इन्सेक

  ०७३ मङ्सिर २३ गते

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको जीवन रक्षा गर्न इन्सेकले माग गरेको छ ।

इन्सेकले मङ्सिर २३ गते प्रकाशन गरेको विज्ञप्तिमा 'हामी तिवारीले उठान गर्नुभएका मागहरूको समर्थन गछौँ साथै आमरण अनसनको शुरुआतदेखि नै घटनाको अनुगमन गरी अभिलेखसमेत गरिरहेका छौँ' उल्लेख छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिवारीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन तथा उहाँको जीवन रक्षाका लागि सार्थक वार्ता र संवादको पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।


अनलाइनडेस्क