आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्रीहरू हटाइयो

  ०७४ कात्तिक २९ गते

रामेछाप जिल्लामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत राखेका चुनाव प्रचारका सामग्रीहरू निर्वाचन अयोगले हटाउन सुरू गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा ०७४ कात्तिक ९ गतेबाट यस्ता सामग्रीहरू हटाउन सुरू गरिएको हो ।

Photo20171115Ramechhap

मन्थली बजारमा राजनीतिक दलहरूले बजार क्षेत्रको सार्वजनिक स्थलमा टाँगेका पार्टीका चुनाव चिन्ह अङ्कित झण्डाहरू तथा व्यानर प्रहरीले हटाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापबाट खटिएका सहायक निर्वाचन अधिकृत मधु पोख्रेल, अनुगमन अधिकृत रोशनकुमार घिमिरे सहितको टोली त्यस्ता सामग्री हटाउन निस्किएको थियो ।

मन्थली बजारमा मात्र हैन जिल्ला भरिनै सार्वजनिक स्थलमा टाँसिएका र राखिएका यस्ता सामग्रीहरू हटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुगमन अधिकृत रोशनकुमार घिमिरेले बताए ।

मन्थली बजारमा प्रमुख राजनीतिक दलहरूले बजार नै ढाकेर पार्टीका झण्डा तथा चुनाव चिन्ह अङ्कित झण्डा टाँगेका थिए । यसैगरी बजारको सार्वजनिक स्थलमा उम्मेदवारहरूले मत मागेका फोटो सहितका फ्लेक्स प्रिन्ट गरी व्यानरहरू, पोष्टर र पम्प्लेटसमेत प्रहरीले हटाएको छ ।


नवराज पथिक