आचारसंहिता विपरीत राखिएका दलका प्रचार सामग्री हटाइयो

  ०७४ जेठ २७ गते

सिरहाको गोलबजारमा विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत राखेका निर्वाचन प्रचार सामग्री पार्टीले जेठ २७ गते आफैँ हटाएका छन् ।

आचारसंहिता विपरीत गोलबजार नगरपालिकाको पूर्वपश्चिम लोकमार्गमा रहेको स्मारकमा राखिएको पार्टी झण्डा र प्रचार सामग्री प्रहरीको समन्वयमा पार्टीले आफैँ हटाएका हुन् ।

उक्त ठाउँमा आचारसंहिता विपरीत राखिएको प्रचार सामग्रीबारे इलाका प्रहरी कार्यालय गोलबजारले राजनीतिक दलहरूको बैठक बोलाएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले भने-'आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको बारे सूचना आएपछि राजनीतिक दलको बैठक बोलाएर हटाउने बारे सहमति गराइएको थियो ।'


दुर्गा परियार