आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

  ०७४ वैशाख २९ गते

स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई चुनाव चिन्ह अङ्कित टिसर्ट तथा टोपी लगाएर पर्चा तथा पार्टीको घोषणापत्र वितरण गर्न १६ वर्षमुनीका बालबालिकाको प्रयोग गरिएको पाइएको हो ।

Photo20170512Sindhuli

त्यस्तै मौन समयको पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेसले सदरमुकाममा गरेको चुनावी र्‍यालीमा आधा जसो सङ्ख्या बालबालिकाको रहेको पाइएको छ ।

बालबालिकालाई नेपाली काङ्ग्रेसको झण्डा बोकाएर र्‍यालीमा हिँडाएका पाइएको छ । बालबालिकालाई सदरमुकाममै खुलेआम र्‍याली तथा चुनावी प्रचारमा खटाइएको भए पनि निर्वाचन आयोग तथा जिल्ला बालकल्याण समिति सिन्धुलीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

Photo20170512Sindhuli1

बालबालिका प्रयोग गर्दैनौँ भनेर जिल्लाका ६ राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । ०७४ वैशाख १५ गते गरिएको उक्त प्रतिबद्धतामा नेपाली काङ्ग्रेसका माणिक ढकाल, नेकपा एमालेका विनोद खड्का, नेकपा माओवादी केन्द्रका दिलबहादुर बिक, राप्रपाका अशोक राजभण्डारी, नयाँ शक्ति पार्टीका दिर्घराज श्रेष्ठ र मार्क्सवादीका हिरण्यलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


बिमला पाण्डे