आगो लागाई हत्या गरेको घटनाका आरोपित गिरफ्तार
कल्याणपुर नपा–८ की २२ वर्षीया कञ्चनदेवी मण्डललाई आगो लगाई हत्या गरेको आरोपमा उनकी नन्द धनुषा जिल्ला सबैला नपा–१३ की २४ वर्षीया सुनिता मण्डललाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २३ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादमा आरोपितहरू २४ वर्षीय पति बेचन मण्डल, ४० वर्षीया सासू सुरजी मण्डलले वैशाख १२ गते आगो लगाई हत्या प्रयास गरेकोमा प्रहरीले उद्दार गररेको थियो ।
उद्दारलगत्तै कञ्चनको प्राथमिक उपचार मिर्चैयास्थित मङ्गलम् अस्पतालमा गराइएको थियो भने थप उपचारको लागि धरान स्थित विपि प्रतिष्ठान लगिएको र त्याँहा पनि उपचार समभव नभएपछि थप उपचारकाको लागि काठमाडौँ लगिएको थियो ।
काठमाडौँस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारका क्रममा वैशाख १३ गते उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिनेश गौतमका अनुसार घटनाको अनुसन्धानको लागि मृतककी सासूलाई वैशाख १२ गते नै गिरफ्तार गरेको र थप अनुसन्धानको लागि नन्दलाई पनि गिरफ्तार गरिएको छ । शवको पोष्टमार्टम वैशाख १४ गते काठमाडौँको शिक्षण अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…