अस्पतालमा बेड अभावहुँदा सेवाग्राही मर्कामा

  ०७७ असोज २९ गते

जिल्ला सामुदायिक अस्पताललाई कोभिड– १९ सङक्रमितहरूको लागि आइसोलेशन बनाएपछि अस्पतालमा दैनिक रूपमा आउने सेवाग्राही मर्कामा परेका छन् ।

दैनिक रुपमा २ सय जनालाई स्वास्थ्य सेवा दिने अस्पतालमा भर्ना भएर नै उपचार गराउनुपर्ने २० जना बिरामीलाई हाल बेड अभावका कारण जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

जिल्लामा विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र अस्पताल भएकोले पनि अन्य अस्पतालमा भन्दा सामुदायिक अस्पतालमा बिरामीहरुको चाप बढी भएको हो ।

अस्पताललाई नै आइसोलेशन बनाउँदा बिरामीहरू बाहिर जानुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ रहेको छ ।

राइनास नगरपालिका– ५ की ४५ वर्षीया फुलमायाँ सिर्मलले आफ्नो दायाँ खुट्टा भाँचिएर असोज २५ गते अस्पतालमा आउँदा अस्पतालमा बेडको अभावले चितवन जान परेको गुनासो गर्नुभयो ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिका –८ की २३ वर्षीया सोविता सुनारलाई असोज २४ गते रक्तअल्पताको समस्याले अस्पतालमा जचाँउन जाँदा अस्पतालमा नै भर्ना भएर उपचार गराउनुपर्ने भएपनि बेडको अभाव हुँदा चितवन मेडिकल कलेज जान बाध्य भएको सुनारको भनाइ छ ।

‘अहिले कोरोना फैलिएको बेला अन्य ठाँउ गएर उपचार गराउँदा सङ्क्रमित हुने डर त छदैँछ, तर आम्दनी कम भएको बेला अरू ठाउँमा खर्चपनि धेरै लागेको छ ।’–उहाँ भन्नुहन्छ । यसले गर्दा उनीहरूलाई आर्थिक भार परेको गुनासो गरेका छन् ।

कोभिड –१९ का कारण सेवाग्राहीलाई अतिआवाश्यक सेवा सुविधा दिन नसकिएको प्रमुख हेमन्त श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनुभयो ।

उहाँले जिल्लाका सरोकारवालासँग समन्वय गरी आइसोलेशन छुट्टै ठाउँमा बनाएर अस्पतालमा हुने सेवा सुविधालाई नियमित गराउने प्रयास भइरहेको बताउनुभयो ।

photo20201015lamjung


दलबहादुर मजाकोटी