अस्पतालमा डाक्टर नहुँदा सेवाग्राही समस्यामा
जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सेवाग्राहीहरुले गुनसो गरेका छन् ।
२० जना डाक्टरको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा हाल तीन जना डाक्टर मात्र कार्यरत रहेकाले सेवाग्राहीहरुले समस्या झेल्नु परेको हो ।
लामो समयसम्म डाक्टर अभाव हुँदा पनि अस्पताल विकास समितिले डाक्टरहरुको पदपुर्तितर्फ चासो नदिएको स्थानीय प्रकाश भण्डारीको आरोप छ ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्यकर्मी अभावले सेवा प्रवाह सुस्त बनेको छ । उपचारका लागि आउने बिरामीहरुले सास्ती भोग्नु परेको छ ।’
उपचारका लागि अस्पतालमा आउँदा अत्याधिक बिरामीहरुको चाँप हुने तर डाक्टर अभावका कारण बिहान १० बजेदेखि बेलुकीसम्म लाइन बस्नु पर्ने बाध्यता रहेको स्थानीय महेश श्रेष्ठले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘६ महिनादेखि अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । सरोकारवाला निकायहरुले ध्यान नदिदा बिरामीहरुले समस्या भोग्नु परेको छ ।’
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु सरुवा भई अन्यत्र गएका र संघीय सरकारले पठाएका दुई जना डाक्टरहरुको करार अवधि सकिएपछि डडेल्धुरा अस्पताल डाक्टर विहिन भएको हो ।
सरकारको छात्रबृत्रिमा अध्ययन गरेका डाक्टरहरुलाई अनिवार्य रुपमा दुई वर्ष दुर्गममा रहेर सेवा गर्ने भनिए पनी सेवा अवधि सकिएपछि डाक्टरहरु सुविधा सम्पन्न ठाउँमा जाने भएका कारण दुर्गमका अस्पतालहरुमा डाक्टर अभाव हुने गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर जगदिशचन्द्र बिष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अस्पतालमा अहिले दैनिक १५० देखि २०० जति विरामीहरु आउने गरेका छन् । डाक्टर अभावका कारण उनीहरुलाई चेकजाँच गर्न समेत समस्या हुने गरेको छ ।’
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले दरबन्दी अनुसारका डाक्टरहरुको पदपुर्तिका लागि संघीय सरकारलाई पत्र पठाएको बताउँदै केहि समयभित्रै डाक्टरहरु पठाउने तयारी भइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘अहिले दिर्घ तथा जटिल रोग भएका विरामीहरुलाई समस्या भएको छ । अबको एक महिना भित्रै यो सवै समस्या सामाधान हुन्छ ।’
भूपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…