अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामीलाई सास्ती

  ०७३ कात्तिक २१ गते

जिल्ला अस्पतातमा एक्स-रे मेसिनले काम नगर्दा बिरामीलाई उपचार गर्न समस्या देखिएको छ । स्वास्थ्य निर्देशनालयबाट यो भन्दा पहिला एक मात्र एक्सरे मेसिन दिएको भएपनि उक्त मेसिन बिग्रेर काम नगर्ने भए पछि समस्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला अस्पतालमा उक्त मेसिनले काम नगरेपछि बिरामीले हेड नेपालमा उक्त सेवा लिँदै आएकोमा उक्त संस्थाको मेसिनले काम नगर्दा थप समस्या बढेको हेड नेपालका कर्मचारी नारायण फडेराले बताए ।

दुई वर्षदेखि जिल्ला अस्पतालमा भएको मेसिनले काम नगर्दा एक्स-रे मात्र गर्नका लागि महङ्गो भाडा तिरेर सेवाग्राही जिल्ला बाहिर जान बाध्य भएको स्थानियबासी नवराज शाहीले बताए ।

मर्मतका लागि पहल गरेपनि काम नै नगर्ने भएकाले उक्त मेसिन थन्किएको कार्यालय प्रमुख डाक्टर स्मृति महतले बताइन् । नयाँ मेसिन वा भएको मेसिनको मर्मतका लागि केन्द्रसम्म पहल गरिसकेकाले एक्स-रे सेवा चाँडै सुचारु हुने डाक्टर महतले बताइन् ।


नन्द सिंह