अशक्त ज्येष्ठ नागरिक सदाको अवस्था नाजुक

  ०७६ चैत ७ गते

जनकपुरधाम उपमहानगरपालिका–२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदाको अवस्था निकै नाजुक रहेको छ ।

photo20200320dhanusha (1)

ज्येष्ठ नागरिक सदा दम्पत्तीको हेरचाह गर्ने कोही नरहेकाले गर्दा उहाँहरुको दैनिकी निकै कष्ठपूर्ण रहेको पीडित ठकवा सदाले बताउनु भयो ।

६२ वर्षीया पत्नी कमधीया देवी सदा १० वर्षदेखि विरामी भई अढाई वर्षदेखि हिड्डुल समेत गर्न नसक्ने अवस्थामा रहेकाले गर्दा घरपरिवार चलाउन निकै समस्या भइरहेको ठकवा सदाले बताउनु भयो ।

photo20200320dhanusha (2)

उहाँले पत्नी कमधीया देवीलाई एक्लै उचालेर हिड्डुल, उठबसको साथै सरसफाई गरि राख्न समेत निकै समस्या भइरहेकाले ह्वील चेयरको लागि सहयोग गराई दिनुहुन इन्सेक प्रदेश २ कार्यालयमा चैत ६ गते निवेदन दिनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह