अलपत्र परेका नागरिकहरुको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूको अपील

  ०७६ चैत १८ गते

कोभिड१९ को सन्त्रासका कारण भारतबाट नेपाल आउने क्रममा सिमा नाकामा अलपत्र परेका  नागरिकहरूको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूले  चैत १८ गते स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका छन् ।

भारतमा मजदुरी गर्दै आएका १ सय २० जना  नेपाली जमुनाह नाकामा अलपत्र अवस्थामा रहेको र उनीहरूको खानपिन, स्वास्थ्य र क्वारेन्टाइनको व्यवस्था हुन नसक्दा जोखिम बढ्ने सम्भावना रहेको जनाउदै उचित व्यवस्थापन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाई, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एशोसिएसन  नेपालगञ्जका अध्यक्ष विकास आचार्य, इन्सेक प्रदेश ५ का संयोजक भोला महत, उपभोक्ता हकहित सङ्रक्षण समितिका अध्यक्ष बसन्त गौतम, हिमराइट्सका प्रकास उपाध्याय र आइएचआरसीका विश्वजीत तिवारीद्वारा हस्ताक्षरित अपीलमा यस सङ्कटको घडीमा सबै जना सम्यमित भई सहकार्य र मानवीय कार्यमा अपील गरेका छन् ।


स्मृति देवकोटा