अभिभावकद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहार
गोरखा नपा–१० स्थित रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सरला देवकोटालाई माघ ६ गते विद्यालय परिसरमै दुर्व्यवहार भएको पीडित पक्षको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिले पुस ९ गते देवकोटालाई पदबाट हटाएर सोही विद्यालयका शिक्षक तेजबहादुर नेपालीलाई प्रध्यानाध्यापकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
विद्यालयमा नयाँ प्रध्यानाध्यापक नियुक्ति भइसक्दा पनि देवकोटाले पद खाली नगरेको भन्दै उनलाई अभिभावकले दुर्व्यवहार गर्दै जबरजस्ती कार्यकक्षबाट निकालेको देवकोटाले आरोप लगाएकी छन् ।
‘विद्यालय व्यवस्थापन समिति एकलौटी भयो भनेर नगरपालिकामा पनि उजुरी परेको छ । उजुरी पर्दा पर्दै मलाई प्रधानाध्यापकको पदबाट हटाउने निर्णय गर्नुभयो ।’–देवकोटाले भनिन्–‘बिचमा पनि विद्यालय छाड भनेर धम्की आइराख्थ्यो । आज ८० देखि १ सय जनाको हाराहारीमा अभिभावक आएपछि, छलफल भयो । कार्यकक्षमा बसिरहेकी थिएँ तानेर जबर्जस्ती बाहिर निकाल्नुभयो ।’
भदौ २३ गते गठन भएको विद्यालय व्यवस्थापन समिति नेपाल कम्युनिष्ट पार्टी समर्थकहरूको एकलौटी भएको भन्दै अभिभावकहरूबाटै कात्तिक ३ गते नगरपालिका स्थित शिक्षा शाखामा उजुरी समेत परेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आलेले भने समितिको निर्णय मान्न देवकोटाले अटेर गरेकाले घटना भएको बताए ।
‘विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुनुपर्छ भनेर हामी विद्यालय गएका थियौँ । छलफल भयो । त्यस्तो अभद्र व्यवहार भएजस्तो मलाई लागेको छैन । शिक्षा शाखामा परेको उजुरी पनि यतिका समयसम्म टुङ्गिएको छैन ।’–उनले भने ।
गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालले विद्यालयमा भएको घटनाबारे मौखिक रूपमा जानकारी प्राप्त गरेको बताए ।
विद्यालय व्यवस्थापन समिति एकलौटी भयो भनेर परेको उजुरी छिनोफानो हुने प्रक्रियामा रहेको अर्यालको भनाइ छ ।
‘विद्यालय व्यवस्थापन समितिमाथि परेको उजुरीबारे हामी छानविन गर्दैछौँ । उजुरी प्रक्रियामै रहेकाले प्रधानाध्यापक फेर्ने निर्णय गर्नु चाहिँ सान्दर्भिक हुँदैन की भन्ने लाग्छ ।’– उनले भने ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…