पुर्व मन्त्री एवम् निलम्बित सांसद अफ्ताव आलम पुर्पक्षका लागि जेल चलान
नेपाली कांग्रेसका नेता, पुर्व मन्त्री एवम् निलम्बित सांसद मोहमद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले कात्तिक २९ गते पुर्पक्षका लागि जेल चलान गरेको छ ।
२०६४ साल चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटा भट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि असोज २६ गते आलमलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आलमविरूद्ध ३२ वर्ष कैद सजाय माग दावीसहित तीन ओटा मुद्दा चलाइएको छ । १२ वर्ष अगाडि भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
एक साता लामो थुनछेक बहसपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलार्ई मुद्दा टुङ्गो नलागेसम्मका लागि जेल पठाउने निर्णय गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरूद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।
उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सम्बन्धित समाचार
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
कानुनी शासनप्रति आशा जागेको छः इन्सेक
बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला
प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला
कोपिला तिमल्सिना
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…