अपाङ्गमैत्री संरचना नबनेको भए सच्याउन लगाइने

  ०७६ मङ्सिर २४ गते

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङबेसीमा इन्सेक, सहयात्री समाज नेपाल, रेडियो धादिङ, नेपाल पत्रकार महासङ्घ र महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालको आयोजनामा धादिङबेसीमा ुप्यानल डिष्कसनु कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भूकम्पपछि पुनः निर्माण भएका जिल्ला सदरमुकामका सरकारी सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउन र जिल्ला सदरमुकामका बैङ्क तथा वित्तीय संस्थाहरु अपाङ्गमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सदरमुकाममा रहेको सबै बैङ्क तथा वित्तीय संस्थामा अपाङ्गता भएका व्यक्तिहरु जानै नसक्ने, एटिएम मेसिनहरु प्रयोग गर्नै नसक्ने अवस्थामा रहेकाले अपाङ्गता भएका व्यक्तिहरुले सुधारका लागि आवाज उठाउँदै आएका थिए ।

केही घटनाबाहेक प्रहरीले गर्ने सबै किसिमका अपराध नियन्त्रण, बालबालिका खोजतलास र महिलामाथि हुने हिंसा अन्त्य गर्न निरन्तर क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैद्धवारको भनाइ छ ।

गजुरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक सीता ढुङ्गानाले न्यायिक समितिले गाउँमै २३ प्रकारका घटना हेर्न थालेपछि जनताले न्याय पाएको अनुभूति गरेको बताउनुभयो ।

न्याय निरुपणमा सरकारी वकिलले सबै तरहले सहयोग गरेको बताउँदै जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता बालकृष्ण वाग्लेले मानव अधिकारको संरक्षण गर्ने काममा लागिरहेको बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी महासचिव राधिका सापकोटाले लैङ्गिक हिंसाका घटना धेरै भएका बताउनुभयो ।

रेडियो धादिङ,  रेडियो राजमार्ग र रेडियो मनकामनाबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा नागरिकहरुले टेलिफोनबाट समेत जिज्ञासा राखेका थिए ।

photo20191210dhading (1)

photo20191210dhading (2)

photo20191210dhading (3)

photo20191210dhading (4)

photo20191210dhading (5)

photo20191210dhading (6)

photo20191210dhading (7)


सीताराम अधिकारी