अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग
जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरिएको हो ।
जिल्लामा १ सय २० मतदानस्थलहरू छन् । जसमम्ये एउटा मतदानस्थल मात्रै अपाङ्गमैत्री रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका-१ गुरुखोलामा मात्रै अपाङ्गमैत्री मतदान स्थल रहेको हो ।
अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउने उद्देश्यले उक्त मतदानस्थललाई यसअघि भएको संविधानसभा निर्वाचनदेखि नै अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिँदै आएको थियो । उक्त मतदानस्थलमा साविकको गुरुखोला गाविसका १, २ र ३ नं वडाका गरी ४ सय ५१ मतदाता छन् ।
अन्य जिल्लाका १ सय १९ मतदात केन्द्र भने अपाङ्गमैत्री छैनन् । अपाङ्गमैत्री मतदानस्थलमा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने स्थानसम्म नै हृविलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, व्यक्तिलगायतलाई सहयोग पुर्याउन स्वयम्सेवक र सुरक्षाकर्मीको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
'अपाङ्गता भएका व्यक्तिहरूको मतदान अधिकार सुनिश्चित गर्न अन्य मतदानस्थलहरूलाई पनि अपाङ्गमैत्री बनाउनुपर्छ ।'-जिल्ला अपाङ्ग सङ्घ बैतडीका उपाध्यक्ष लक्ष्मी बिष्टले भने ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय २० मतदानस्थलमा १ सय ७४ मतदान केन्द्र तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेका बैतडीमा १ लाख २४ हजार ८ सय २४ जना मतदाता छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…