अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड
दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका समाचार राससले जनाएको छ ।
२६ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, युएनडिपीलगायतका संस्थाले मङ्सिर ३ गते आयोजना गरेको ‘अपाङ्गता र दिगो विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन’का वक्ताले अपाङ्गता भएका व्यक्तिलाई देशको मूल प्रवाहमा लैजान दिगो विकास लक्ष्यले अवलम्बन गरेको लक्ष्य पूरा गनुपर्ने बताएका हुन् ।
सन् २०१५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्म पालना गरिसक्नुपर्ने भन्दै १५ वर्षीय दिगो विकाससम्बन्धी १७ बुँदा लक्ष्य सार्वजनिक गरेको थियो । जसमा नेपालपक्ष राष्ट्र भएका कारण अपाङ्गताको सवालमा गुणस्तरीय शिक्षा, आर्थिक वृद्धि, न्यून असमानता, दिगो शहर र समानता र सबै लक्ष्यका लागि साझेदारीलाई समावेश गरेको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने कार्यमा मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…