अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी सात वर्षपछि गिरफ्तार

  ०७७ भदौ ८ गते

अपहरण र शरीर बन्धक मुद्दामा जिल्ला अदालतले ०७० असोज ६ गते दोषी ठहर्‍याउँदै ११ वर्ष कैद सजाय सुनाएपछि फरार भएका भोक्राहा नरसिंह गाँउपालिका–७ का ३७ वर्षीय वुदर भनिने विदुर यादवलाई प्रहरीले सात वर्षपछि भदौ ७ गते गिरफ्तार गरेको छ ।

अदालतबाट कैद सजायसँगै एक लाख रुपियाँ जरिबानाको फैसला भएपछि फरार भएका दोषीलाई कोशी कटान क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले बताउनु भयो ।

यादवले ०६५ साल चैत २० गते इनरूवा नगरपालिका–३ का ४८ वर्षीय खिलानाथ ढकाललाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

अपहरणमा पर्नु भएका ढकालका छोराले ०६५ चैत २१ गते यादवविरूद्ध बाबुको अपहरण आरोपमा प्रहरीमा उजुरी दिनु भएको थियो ।


जयकृष्ण यादव