अपहरण घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ५ गते

बागलुङको निसिखोला गाउँपालिका–२ वायखोलाकी १० वर्षीया मिनाक्षी कुँवरलाई अपहरण गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नपा–८ बस्ने ३४ वर्षीय अर्जुन कुँवर क्षेत्रीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

आरोपित कात्तिक ४ गते दिनको समयमा जोगीको भेषमा गाउँ छिरेर बालिकालाई अपहरण गरी बुर्तिवाङ ल्याउँदै गर्दा बाटोमै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, बुर्तिवाङका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए ।

बालिकालाई उद्दार गरी परिवारको जिम्मा लगाइएको र आरोपित कुँवरलाई कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय, बागलुङ ल्याएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले बताए ।


सिर्जना पन्त