अपहरण गरी बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७५ कात्तिक ११ गते

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ११ गते उजुरी दर्ता गरिएको छ ।

गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो ।

पीडित बालिकालाई आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको र पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगी बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर रामबहादुर ढकालले बताए ।


दुर्गा परियार