अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

  ०७५ असोज ५ गते

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मिर्चैया नपा–४ का २१ वर्षीय विजय मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरू मिर्चैया नपा–४ का २० वर्षीय प्रमोद मुखिया र विजय मुखियाले भदौ ३० गते पीडित बालिकालाई मोटरसाइकलमा राखी धनुषासम्म पुर्‍याएर विजय फर्किएको र प्रमोदले भारतको अज्ञात शहरमा लगी तीन दिनसम्म बलात्कार गरी रेल चढाएर बालिकालाई घर फर्काइदिएपछि घटनाको जानकारी भएकाले कारवाहीको लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ४ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार घटनाको जानकारी हुनासाथ घटनाका मतियार भएका विजयलाई गिरफ्तार गरेको र अर्का आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।


दुर्गा परियार