अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार
वीरगञ्ज मनपा–३ प्रगतिनगरका आठ वर्षीय बालक करण साहलाई अपहरण पश्चात हत्या गरेको आरोपमा प्रहरीले भारत घर बताउने वीरगञ्ज मनपा–३ प्रगतिनगरमा डेरा गरी बस्ने २१ वर्षीय विकास शर्मा, कलैया उपमहानगरपालिका–११ निवासी २२ वर्षीय सिकेन्द्र साह तेली र सोही वडाको खपरताता गाउँका २१ वर्षीय रामविनेश महतोलाई गिरफ्तार गरेको छ ।
जेठ १० गते घरअगाडि खेलिरहेको अवस्थामा अपहरित बालकको शव जेठ १५ गते बिहान दुई बजे कलैया उपमहानगरपालिका–२५ खौराही खोलामा फेला पारिएको थियो ।
जेठ १० गते बेलुका ९ः२७ बजे अपरिचित नम्बरबाट ३० लाख रुपियाँ फिरौती रकम माग गरेको भनी बेलुका १०ः१५ बजेको समयमा करण साहको घर परिवारले जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका एसपी रेवती ढकालले बताए ।
घटना स्थलमा अनुसन्धान भइरहँदा प्रहरीलाई झुक्याई भाग्ने प्रयास गरेकाले विकाश शर्मा र सिकेन्द्र साह तेलीलाई गोली प्रहार गरी गिरप्mतार गरिएको एसपी ढकालले बताए ।
उनीहरुलाई कलैया अस्पतालको इमरजेन्सी वार्डका चिकित्सकले प्राथमिक उपचार गरी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको छ ।
नारायणी उपक्षेत्रिय अस्पतालका स्वास्थ्यकर्मीले घुँडाको आसपासमा गोली लागेकाले दुवै जनालाई अस्पतालमा भर्ना गरी अप्रेशन लगायतको आवश्यक उपचार भइरहेको बताए ।
शवको पोष्टमार्टम कलैया अस्पतालमा जेठ १५ गते गरिएको प्रहरीले जनाएको छ ।
भोलानाथ पौडेल
संबंधित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह, ४० वर्षीय अनीलकुमार राय अमात, ३५ वर्षीय नसिम मियाँलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ…
लुकाएर राखेको बम विष्फोट, घरधनी गिरफ्तार
गढवा गाउँपालिका–२ स्थित पक्की घरमा लुकाएर राखिएको बम विस्फोट भएपछि घरधनी ४३ वर्षीय घनश्याम चौधरीलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । घरको माथिल्लो तलामा राखिएको बम मङ्सिर २५…
दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार
बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन् । मङ्सिर २५ गतेको विवाह कार्यक्रममा स्थानीयवासी गैरदलितलाई पनि निम्तो…
प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण
प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई प्रदेश…
वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी
भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका…