अपरिचित व्यक्तिहरूको समूहद्वारा क्रसर उद्योगमा बम विष्फोट
त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थित द कञ्चनजङ्घा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा अपरिचित समूहले मङ्सिर २९ गते राति बम विष्फोट गराएको छ ।
६ जनाको संख्यामा आएको अपरिचित समूहले राति १०: १५ बजे क्रसर उद्योगमा दुई ओटा बम विष्फोट गराएको सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङ्ले बताउनु भयो ।
अपरिचित व्यक्तिहरूको समूहले पेस्तोल देखाई नियन्त्रणमा लिएर बम विष्फोट गराएको सुरक्षागार्ड तामाङले बताउनु भयो ।
विष्फोटबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नकाबधारीहरूले उद्योग भित्र प्रवेश गरी सुरक्षागार्ड तामाङलाई नियत्रन्त्रणमा लिएर बम विष्फोट गराएको उद्योगका प्रतिनिधि सुमन्त कोइरालाले बताउनु भयो ।
उद्योग भित्र प्रवेश गर्ने नकावधारीको समूहलाई सुरक्षागार्डले रोक्न प्रयास गर्दा सुरक्षागार्डमाथि हातपात भएको कोइरालाले बताउनु भयो ।
विष्फोटबाट १० लाख रुपियाँ बराबरको क्षति भएको कोइरालाले बताउनु भयो ।
‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधीखोजी गरेका थिए, राति अकस्मात आएर मलाई पेस्तोल र खुकुरी देखाए उद्योगमा बम विष्फोट गराएको सुरक्षागार्ड कर्णबहादुर तामाङले बताउनु भयो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालको नेतृत्वमा गएको टोलीले बम विष्फोट गराएको आशङ्कामा दुई जनालाई गिरफ्तार गरेको छ ।
अनुसन्धानका क्रममा रहेकाले गिरफ्तारीमा परेकाहरूको नाम ठेगाना गोप्य राखिएको एसपी भीमबहादुर दहालले बताउनु भयो ।
विष्फोटको जिम्मा कसैले नलिएको एसपी दहालले बताउनु भयो ।
सगरमाथा लोकमार्ग अन्तरगतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी स्थापना गरिएको अस्थायी क्रसर उद्योगमा बम विष्फोट भएको एसपी दहालले बताउनु भयो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…