अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट

  ०७६ कात्तिक २३ गते

नेपाल पत्रकार महासङ्घ रूपन्देहीका सदस्य तथा बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत सैनामैना नपा–५ बक्सरका ३४ वर्षीय पत्रकार राज चौधरी (राजाराम)माथि कात्तिक २१ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ ।

कार्यालयको काम सकेर घर फर्कने क्रममा बुटवल उमनपा–९ स्थित जागरण चोक नजिकै भैरव पथमा घेराबन्दी गरी कुटपिट गरेको भन्दै पीडितले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।

५-६ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूको समूहले गरेको कुटपिटबाट पीडित चौधरीको दायाँ हातमा चोट लागेको छ ।

घटनाका विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले कात्तिक २२ गते प्रेस विज्ञप्तिमार्फत  घटनाको निन्दा गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको र घटनामा संलग्न जो सुकै भएपनि उम्कन नपाउने बताए ।


रीमा बि.सी.