अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागी एक जना घाइते

  ०७६ असोज ५ गते

डाक्नेश्वरी नपा–७ ब्रहमपुरका २४ वर्षीय भगवती मण्डललाई अपरिचित व्यक्तिले असोज ५ गते राति गोली प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

राजविराजबाट स. ११ प १३६६ नम्बरको मोटरसाइकलमा चढी घर गइरहेका मण्डलमाथि भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको अपरिचित व्यक्तिको समूहले गोली प्रहार गरेको घाइते मण्डलले बताए । उनको बायाँ हातको पाखुरामा गोली लागेको छ ।

घाइते मण्डलका अनुसार डाक्नेश्वरी नपा–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक विवाद गर्दै हातपात गरेका उनीहरू अकस्मात गोली प्रहार गरी फरार भए ।

अत्यधिक रगत बगिरहेकोले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको अस्पतालका अहेव सन्तोष मेहताले बताए । उनको उपचार धरानमा भइरहेको छ ।


मनोहरकुमार पोखरेल