अपरिचित व्यक्तिको समूहद्वारा वडा कार्यालयमा तोडफोड

  ०७६ भदौ २७ गते

गौरीगङ्गा नगरपालिका–२ को वडा कार्यालयमा भदौ २६ गते दिउँसो माक्स लगाएर ६ जनाको सङ्ख्यामा दुई ओटा मोटरसाइकलमा आएका व्यक्तिहरूले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उनीहरू कार्यालय भित्र  प्रवेश गरी कर्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, टेबुललगायतका सामान तोडफोड गर्नुको साथै वडा अध्यक्ष जनकबहादुर साउदमाथि हातपातको प्रयास समेत गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

आफू कार्यालयमा रहेकै अवस्थामा ६ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले ‘वडाध्यक्ष को हो ?’ भन्दै कार्यालयमा प्रवेश गरी तोडफोड गरेको साउदले बताए ।

घटनामा संलग्न व्यक्तिहरूको खोजतलासका लागि प्रहरी परिचालन समेत गरिएको डिएसपी बस्नेतले बताए ।


मैनामोती चौधरी