अपरिचित व्यक्तिको कुटपिटबाट वडाध्यक्ष सिंह घाइते

  ०७६ चैत १६ गते

छेडागाड नपा–११ निवासी ५४ वर्षीय वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरिचित व्यक्तिको समूहले चैत १५ गते कुटपिट गरेका छन् ।

कुटपिटबाट वडाध्यक्ष सिंहको दायाँ खुट्टा भाँचिएका छ भने बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महतराले बताउनु भयो ।

भारत लगायतका मुलुकबाट गाँउमा पुगेका मानिसहरूलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्याङ्क सङ्कलन गरी साँझको समयमा गाँउबाट घर फर्किने क्रममा मुखमा पट्टी लगाएका चार/पाँच जनाको सङ्ख्यामा आएका व्यक्तिले कुटपिट गरेको नगर प्रमुख महतराले जानकारी दिनुभयो ।

हात खुट्टा भाँचेर पाखो बारीमा फालिएको अवस्थामा स्थानीयले फेला पारी घर पु¥याएका थिए । कुटपिट गर्ने समूहबारे केही खुल्न नसकेको नगर प्रमुख महतराले जानकारी दिनुभयो ।

घाइते सिंहलाई उपचारका लागि सुर्खेत लगिएको छ । सुर्खेतमा उपचार सम्भव नभए काठमाण्डौं लैजान सकिने नगर प्रमुख महतराले बताउनु भयो । वडाध्यक्ष सिंह नेकपा जाजरकोटको सचिवालय सदस्य समेत हुनुहुन्छ ।

उक्त घटनाको सर्वत्र निन्दा एवम् भत्र्सना गरिएको छ । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बडावनबाट टोली खटाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनु भयो ।

 


दिनेशकुमार श्रेष्ठ