अपराधिक घटनाका आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते

  ०७६ साउन २४ गते

विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपितलाई काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले साउन २४ गते गोली चलाएको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले आरोपितहरूलाई गिरफ्तार गर्ने क्रममा गोली चलाएको हो ।

स्वयम्भुस्थित झिगु क्याफेमा रहेका रामेछाप जिल्ला लिखुतामाकोसी गाउँपालिका-७ का ३० वर्षीय मिलन तामाङलाई गोली हानेर गिरफ्तार गरेको प्रहरीले जनायो ।

गिरफ्तार पर्नेमा लिखुतामाकोसी गाउँपालिका-७ का २८ वर्षीय अमृत तामाङ पनि रहेको र गिरफ्तारीको क्रममा दुवै गोडामा गोली लागी घाइते भएका मिलन तामाङकोे उपचार राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा भइरहेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

मिलनलाई ‘लोप्साङ, बाबुराम’ लगायतका विभिन्न उपनामले समेत चिनिँदै आएको र उनी धम्की तथा लुटपाट जस्ता अपराधिक घटनामा संग्लन हुँदै आएको प्रहरीले जनाएको छ ।


विमला पौडेल