अन्तरजातीय विवाह गरेको आरोपमा घर निकाला गरिएका पीडितले न्याय पाएनन्
लेकवेशी नपा-८ का ३५ वर्षीय भिमलाल सापकोटाले अन्तरजातीय विवाह गरेको आरोपमा अंश नपाएको गुनासो गरेका छन् ।
स्थानीय सुनिता कसेरासँग ०६० सालमा विवाह गरेपछि सोही वर्ष घरनिकाला गरिएका सापकोटाले अंश नपाएको गुनासो गरेका हुन् ।
तीनवर्षअघि आमाको मृत्यु हुँदा घरपरिवारले काजक्रिया गर्नसमेत नदिएको भिमलालले गुनासो गरे । विवाह गरेकै वर्षघरपरिवारले घर निकाला गरेपछि वीरेन्द्रनगर बस्दै आएका भिमबहादुरले आमाको काजक्रिया वीरेन्द्रनगरस्थित डेरामै बसेर गरेको सुनाए ।
अंशवण्डा गर्न जेठा दाजु खुमलाल सापकोटाले ०७४ जेठ २८ गते घरमा बोलाई कीर्ते अंशवण्डाको कागजमा सहीछाप गर्न लगाई बावुको नाममा रहेको सबै जग्गा छिमेकी कुलबहादुर नेपालीलाई बेचेको कुलबहादुरले भनेपछि मात्र आफू अंशबाट वञ्चित हुनुपरेको थाहा पाएको पीडितले बताए ।
'दलितसँग विवाह गरेको भन्दै घरमा बस्न दिएनन् । आमाको मृत्यु हुँदा काजक्रियाबाट वञ्चित गरे र अहिले अंशबाट समेत वञ्चित गरे ।'-पीडित सापकोटाले भने-'अब म न्याय माग्न कहाँ जाउँ ?' सापकोटा दम्पती तीन छोरीसहित वीरेन्द्रनगरमा डकर्मी व्यवसाय गरी जीवन गुजारा गरिरहेका छन् । अंशबाट वञ्चित गरिएको बारेमा जेठा दाजु खुमलालका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले अदालतमा जाऊ भनी फर्काइदिएको र आर्थिक अवस्था कमजोर भएका कारण अदालत जान नसकेको सापकोटाले दुखेसो पोखे ।
सुर्खेतस्थित इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले पीडितलाई जिल्लास्थित कानुनी सहायता केन्द्रमा सिफारिस गरेका छन् । पीडितको आर्थिक अवस्था कमजोर भएकोले निशुल्क कानुनी सहयोगका लागि कानुनी सहायता केन्द्रमा पठाइएको इन्सेक सुर्खेतले जनाएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…