अधिकारी हत्या प्रकरण: पाँच जना सरकारी साक्षी झिकाउने आदेश
गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसल्ला भएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले पाँच जना सरकारी साक्षी बकपत्रका लागि झिकाउने आदेश गरेको छ ।
न्यायधिश शेषराज शिवाकोटी र चण्डीराज ढकालको फागुन २ गतेको इजलाशले सरकारी साक्षीहरू गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल, ठाकुरप्रसाद अधिकारी, डिएसपी सञ्जय राउत र सई बुद्धी चौधरीलाई बकपत्रका लागि झिकाउने आदेश गरेको हो ।
आदेश अनुसार चितवन जिल्ला अदालत र प्रहरीलाई साक्षी उपस्थित गराउन पत्र पठाईएको उच्च सरकारी वकीलको कार्यालय हेटौँडाले जनाएको छ ।
लामो समयदेखि पेशि चढ्दै सुनुवाई नभइ अघि बढ्दै आएको सो मुद्दामा गंगामायाको न्यायको मागलाई सम्बोधन गर्न नागरिक समाजले सरकारलाई दबाब दिन धर्ना लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
यसैक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमको नेतृत्वमा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष अधिवक्ता इन्द्र अर्याल, एड्भोकेसी फोरममा कार्यरत अधिवक्ता पुष्प पौडेल लगायतको टोलि पुनरावेदनको पेशिको सुनुवाईको लागि हेटौँडा इजालसमा सहभागी भएका थिए ।
सशस्त्र द्वन्द्वको समयमा गोर्खा फुजेलका १८ वर्षीय अधिकारी चितवनको रत्ननगर नगरपालिका-१३ जयमङ्गलस्थित हजुरबुबा हजुरआमालाई भेट्न आएको अवस्थामा स्थानीय बकुलर चोकमा तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले २०६१ साल जेठ २४ गते हत्या गरेका थियो ।
हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जाहेरी दिएका अधिकारीका बुबा नन्दप्रसादको न्यायका लागि लड्दालड्दै २०७१ असोज ६ गते अनसनरत अवस्थैमा मृत्यु भइसकेको छ । अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि पटक-पटक अनसन बस्तै आउनु भएको छ । नन्दप्रसादको अनसनकै क्रममा मृत्युभएको थियो, भने आमा गंगामाया पुस ६ गतेदिख १२ औँ पटक छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत हुनु हुन्छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…