अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित
दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् ।
२०२९ सालमा स्थापना भएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पुरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा. गणेश भट्टले बताए ।
१७ जना विशेषज्ञ चिकित्सकसहित २९ जना चिकित्सकको दरबन्दी भएपनि हाल यस अस्पतालमा पाँच जना चिकित्सक मात्र कार्यरत रहेका छन् ।
अञ्चल अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन आएका नागरिक स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
स्वास्थ्य विभागले अस्पतालसँग कुनै सुझाव नलिएर सरुवा गरिदिने सरुवा भएका चिकित्सकलाई दरबन्दीमा हाजिर हुन कर नगर्ने गरेका कारण अस्पतालमा समस्या आएको महाकाली अञ्चल अस्पतालका निर्देशक श्रीराम तिवारीले बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…