अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला
सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
घट्ट छेउमा सिगास-१ मैतडीकी ३५ वर्षीया लालमती बोहराको हत्या भएको अवस्थामा शव फेला परेको देवर पठान बोहराले बताए । मृतक महिलाको टाउकोमा दाउरा र ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकका पनि भाउजुको हत्या भएको बताए ।
लालमतीको शरीरमा घाउचोट भएकाले हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए । मृतक लालमतीका एक छोरा र दुई छोरी छन् । उनका पति हरिभान बोहरा कामको सिलसिलामा भारत गएका छन् । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि सदरमुकाम ल्याउँदै गरेको डिएसपी शर्माले बताए ।
नरी बडु
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…