अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक महिलाको हत्या

  ०७४ असार ९ गते

लहान नपा-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडि रहेको मोटरसाइकल ट्रायल सेन्टर नजिक अन्दाजी २५/२६ वर्षीया एक महिलाको असार ९ गते बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीयले बिहान नाम नखुलेकी महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नाम ठेगाना नखुलेको महिलाको टाउको, कञ्चटमा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा फेला परेकोले बलात्कारपछि हत्या भएको हुन सक्ने बताए ।

मृतकको शवको पोष्टमार्टमका लागि धरान लग्ने तयारी भइरहेको साथै हत्या कसले, किन गरेको भन्ने बारे अनुसन्धान सुरु गरिएको डिएसपी पाण्डेले बताए ।


दुर्गा परियार